२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिपद खोज तथा उद्दार पुर्व अभ्यास कार्यक्रम सम्पन्न

बिपद खोज तथा उद्दार पुर्व अभ्यास कार्यक्रम सम्पन्न

1.2K
Shares

काठमाडौं – जिल्ला बिपद ब्यबस्थापन समिति, मुस्ताङको आयोजनामा बिपद खोज तथा उद्दार पुर्ब अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
मुस्ताङ जिल्ला प्राकृतिक प्रकोपको दृस्ठिकोणबाट निकै संबेदनसिल तथा जोखिमपुर्ण जिल्लाहरु मध्ये एक रहेको छ । बिपद जुनसुकै बेला पनि आउन सक्ने कुरालाई मध्यनजर गर्दै जिल्लाभरका सुरक्षा निकाय, स्थानिय निकाय तथा स्थानियबासी समेत बिपद प्रतिकार्यको लागि हर समय तमतयार रहने उदेश्यले कार्यक्रम सन्चालन गरिएको थियो ।कार्यक्रममा आगालागी नियन्त्रण, सडक दुर्घटना उद्दार, हिउँ पहिरोमा हराएको ब्यक्तिको रेस्क्यु डगको प्रयोग गरि पत्ता लगाउने कार्य, हिउँ पहिरो सगै नदि खोचमा खसेको घाईतेको हाईलाईन रेस्क्यु पद्धतिबाट उद्दार सम्बन्धि प्रदर्शन गरिएको थियो ।


उल्लेख्य जनसहभागिता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिती मुस्ताङका उप प्रमुख आईतलाल थकालि रहेकी थिइन । उक्त कार्यक्रममा जिल्ला स्थित गाउँपालिका प्रमुखहरु, मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, उच्च सैनिक शिक्षालय जोमसोमका सहायक शिक्षाधिकृत, नेपाली सेना नारायण दल गणका गणपति, जिल्ला प्रहरी कार्यालय मुस्ताङका कार्यालय प्रमुख, ससस्त्र प्रहरी बल नेपाल, न. ३३ गुल्म हे. क्वा. मुस्ताङका गुल्मपती, राष्ट्रिय अनुसन्धान कार्यालय मुस्ताङ का कार्यालय प्रमुख , गाउँपालिकाका उप प्रमुखहरु, वडा अध्यक्षहरु, जिल्लामा अबस्थित अन्य सरकारी कार्यालयका कार्यालय प्रमुख, निमित्त प्रमुख, कर्मचारीहरुको बाक्लो उपस्थिति थियो । साथै उक्त कार्यक्रमको सन्चालन शसस्त्र प्रहरी निरीक्षक बिष्णु पौडेलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij