काठमाडौं– लोकप्रिय गीतका मोडल कलाकार सनम कठायत अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘चना पकौडी’ बोलको गितमा उनलाई मोडल झरना बोहराले साथ दिएकी छिन् । प्रतिभाशाली गायक– संगीतकार नवराज कलौनी र सुदुर पश्चिमकि चर्चित देउडा गायिका पुष्पा बोहरा आवाजमा रहेको समाजिक वास्तविकता बोकेको मौलिक देउडा गीत ‘चना पकौडी’ पछिल्लो समय टिकट्क लगायत विभिन्न सामाजिक संजालमा सकारात्मक प्रतिक्रिया सहित निकै चर्चा कमाउन सफल भएको छ । सफल निर्देशक विक्रम चौहानको निर्देशनमा बनेको उक्त भिडियोमा कैलाली क्षेत्रका विभिन्न रमणीय स्थानहरु समेत हेर्न सकिन्छ । गायक स्वयं कलौनिको उत्कृष्ट शब्द तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियोले चौतर्फी बटुलेको चर्चाले गायिका पुष्पा बोहरा आफु निकै खुसी रहेको र दर्सक श्रोताको अझै माया पाउनेमा ढुक्क रहेको बताइन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij