२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गीतकार उपाध्यायले थपे २२ विश्व कीर्तिमान

गीतकार उपाध्यायले थपे २२ विश्व कीर्तिमान

850
Shares

 

काठमाडौँ – गीतकार डा. डीआर उपाध्यायले आफ्ना नाममा २२ कीर्तिमान थपेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यायलाई उक्त २२ विश्व कीर्तिमानको प्रमाणपत्र गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले प्रदान गरे ।
उक्त कीर्तिमान उनलाई विश्व रेकर्ड प्रदान गर्ने बिभिन्न ११ संस्थाले प्रदान गरेको हो ।
यसअघि अन्र्तराष्ट्रिय पचास भाषामा गीत, सबैभन्दा सानो पुस्तक, नोट साइजको गीत, १५० देशका पर्यटकिय स्थलको गीत लगायत विभिन्न विधामा गिनिज बुकअफ वल्र्ड सहित ११० विश्व रेकर्ड कायम गरेका उनले अहिले थपिएको २२ रेकर्ड २५ गीत म्युजिसियनले २५ एकैथलोमा मेलोडी बजाएको, गीति कविता अंग्रेजी अक्षरको ए देखि जेड सम्म, पानीमाथि ढुंगामा बसेर गीति एल्वम विमोचन, आफ्ना गीतको ४५ ओटा भिडियोको एक एल्वम, ¥याप गीत ४÷४, २÷४, ६÷८ र ३÷४ स्केलमा, अन्तरिक्षमा गएका व्यक्तिहरूको नाममा गीति कविता लगायत बिधाबाट प्राप्त गरेका हुन् । उनलाई यो प्रमाण पत्र एभरेष्ट वल्र्ड रेकर्ड, च्यापियन बुक अफ वल्र्ड रकेर्ड, एशियन वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, अमेरिका बुक अफ रेकर्ड, द व्रिटिस वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, युआरएफ वल्र्ड रकेर्ड, सुप्रिम वल्र्ड रेकर्ड, किंग्स बुक अफ रेकर्ड, वल्र्ड ट्यालेन्ट बुक जस्ता वल्र्ड रेकर्ड प्रदान गर्ने संस्थाले दिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि झाले डा. उपाध्यायका कर्म उहाँका लागि मात्र नभएर देशकै लागि गौरव बिषय भएको बताए । उनले विश्वमा आफ्नो र देशको नाम लेखाउन सफल भएकोमा बधाई तथा अगामी यात्राको लागि शुभकामना दिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणि देवकोट र खनाल समाजका महासिचव माधव खनाल लगायतले कार्यक्रममा गीतकार उपध्यायको कामको प्रसंसा गरे ।
सार्वजनिक ‘अविच्छिन्न’ एल्वममा ‘चितामाथी जलिरहेछु’, ‘खै कस्तो माया बसेछ’, ‘तिमी टाढा हुँदा’, ‘भावनाबाट टाढिँदा’ जस्ता ४ गीत छन् । जसमा सन्तोष श्रेष्ठ र सागर अधिकारीले संगीत र विश्व नेपाली, जगत तिरुवा, प्रताप दास, ममता गुरुङ र सागर अधिकारीले स्वर दिएका छन् ।
सोही अवसरमा सञ्चारकर्मी नरेश भट्टराई, सन्तोष श्रेष्ठ, पत्रकार कृष्ण भुुसाल, गीता अधिकारी लगायतलाई द ब्रिटिस वल्र्ड रेकर्डले प्रदान गरेको अनर सर्टिफिकेट प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij