प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ६ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ५४ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।
प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ५२ सिट जितेको छ ।
कांग्रेसबाट प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, दीपक खड्का, डा शेखर कोइराला, रामहरि खतिवडा, दिनेशकुमार यादव, रामकृष्ण यादव, देवप्रसाद तिमलसेना, अजयकुमार चौरसिया, रमेश रिजाल, श्यामकुमार घिमिरे, मोहन आचार्य, प्रकाशमान सिंह, रमेश लेखक, नारायणप्रसाद साउद, सन्तोष चालिसे, प्रदीप पौडेल, राजेन्द्रकुमार केसी, दुर्लभ थापा क्षेत्री निर्वाचित भएका छन्।
यस्तै उदयशम्शेर राणा, टेकबहादुर गुरुङ, शङ्कर भण्डारी, राजु थापा, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज आचार्य, किशोरसिंह राठोर, सञ्जयकुमार गौतम, पूर्णबहादुर खड्का, हृदयराम थानी, पुष्पबहादुर शाह, दिक्पालकुमार शाही, ऐनबहादुर साही ठकुरी, डिल्लीराज पन्त र दिलेन्द्रप्रसाद बडू निर्वाचित भइसकेका छन् ।
कांग्रेसकै सिता गुरुङ, सुसिनलकुमार शर्मा, रामनाथ अधिकारी, मोहनबहादुर बस्नेत, दिनेशकुमार यादव, तेजुलाल चौधरी, विष्णुकुमार कार्की, महेन्द्रकुमार राय, डिगबहादुर लिम्बु, विनोदकुमार चौधरी, दीपक गिरी, र डिल्लीराज पन्त निर्वाचित भएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij