२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समानुपातिकमा कसले कति पाए मत ?

समानुपातिकमा कसले कति पाए मत ?

1.3K
Shares

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्मको मतपरिणामानुसार नेकपा (एमाले) पहिलो स्थानमा कायमै छ । बिहीबार बिहान साढे ९ बजेसम्म गणना भएको मध्ये एमालेले प्रतिनिधिसभा सदस्यतर्फ चार लाख ८५ हजार ९०३ मत पाएको छ ।

यस्तै, समानुपातिकमा प्रतिनिधिसभातर्फ कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले चार लाख ५० हजार २९५ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थान कायम छ । उक्त पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ दुई लाख ५२ हजार ११३ मत ल्याएको छ ।
अहिलेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभा समानुपातिकमा नेकपा (माओवादी केन्द्र) चौथो स्थानमा छ । माओवादी केन्द्रले दुई लाख १६ हजार ३१६ मत ल्याएको छ ।
प्रतिनिधिसभातर्फ समानुपातिकमा पाँचौँ स्थानमा रहेको राप्रपाले एक लाख ३३ हजार ६३६ मत ल्याएको छ । समानुपातिकमा जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभातर्फ ५६ हजार ३९९ मत ल्याएको छ ।
समानुपातिकमा नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभातर्फ ४६ हजार ९९३ मत ल्याएको छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभातर्फ ३२ हजार ५४१ मत ल्याएको छ । समानुपातिकमा जनमत पार्टीले प्रतिनिधिसभातर्फ ३१ हजार ८९२ मत ल्याएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभातर्फ ३० हजार ९३६ मत ल्याएको छ । अरू साना दलले प्रतिनिधिसभातर्फ एक लाख ६ हजार ३७५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij