काठमाडौं – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार श्यामवहादुर खड्काले आफुहरु शासक बन्न नभई सेवक बन्न चुनावी मैदानमा आएको बताएका छन । बुढानिलकण्ठमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खड्काले जनताको मतको सम्मान गर्ने र शिरझुक्ने काम कहिल्यै नगर्ने बताए ।
उनले क्षेत्रको भौतिक पूर्वाधारको विकास गर्दै शिक्षा शुद्ध खानेपानी र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउने बताए । उनले शिवपुरी क्षेत्रमा पदमार्ग र विष्णुमति तथा लुडेखोलामा करिडोर निर्माण गरिने बताए । भ्रष्टाचार अहिलेको मुख्य समस्या रहेको बताउँदै खड्काले शुसासको क्षेत्रमा महत्वपूर्ण काम गरिने बताए ।
कांग्रेस क्षेत्रिय सभापति समेत रहेका खड्काले सार्वजनिक जग्गाको संरक्षण गरिने बताए । बुढानिलकण्ठ क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा विकाश गरिने बताउँदै उनले टोखा, धापासी लगाएतका क्षेत्रको मौलिक परम्परा र रितिरिवाजको संरक्षण गरिने बताए । अघिल्लो पटक नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिले काम गर्न नसकेको आरोप लगाउँदै खड्काले नयाँले मौका पाउँनु पर्ने जिकिर गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij