२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ट्रिटन कलेजमा नमुना मतदान

ट्रिटन कलेजमा नमुना मतदान

1.4K
Shares

काठमाडौं– काठमाडौंको तीनकुनेस्थित ट्रिटन कलेजमा नमुना मतदान सम्पन्न भएको छ। कात्तिक २२ गतेबाट औपचारिक रुपमा सुरु भएको नमुना मतदान शुक्रबार मतगणना भएसँगै सम्पन्न भएको हो।

कलेजका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत विद्यार्थीहरुकै सहभागितामा नमुना मतदान गरिएको हो। निर्वाचनमा मत बदरको संख्या घटाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो।

क्याम्पसमा अध्ययनरत कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरुलाई मतदान गर्ने सही तरिका सिकाउने उद्देश्यले यो कार्यक्रम गरिएको कलेजका नमुना मतदान कार्यक्रम व्यवस्थापक कमानसिहं आरसीले बताए।
नेपाल समय

नमुना मतदानमा महिला, पुरुष, अशक्त र जेष्ठ नागरिकहरुका लागि छुट्टाछुट्टै लाइनमा राखी मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिने लगायतका विषयहरु सिकाइएको थियो। कार्यक्रममा निर्वाचनमा हुने सबै प्रक्रिया पूरा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij