२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट

इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट

910
Shares

काठमाडौं – इष्टर्न हाइड्रोपावर लिमिटेडको सर्वसाधारणमा निष्कासन भएको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बिहीबार बिहान सर्वसाधारणमा सेयर बाँडफाँट गरेको हो । कम्पनीले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले सर्वसाधारणलाई ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्कासन गरेको थियो । कुल कित्तामध्ये ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषहरूका लागि र १३ हजार ४०६ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो ।

कर्मचारीलाई छुट्याइएकाेमध्ये १ हजार ८०१ कित्ताका लागि आवेदन नपरेपछि सोसमेत जोडेर सर्वसाधारणमा कुल ६ लाख २५ हजार १९० कित्ता सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij