२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

काठमाडौं ५ : प्रदीप पौडेलका सारथी सापकोटा र खड्का

काठमाडौं ५ : प्रदीप पौडेलका सारथी सापकोटा र खड्का

1.1K
Shares

काठमाडौं– काठमाडौं क्षेत्र नं. ५ मा उम्मेदवार बन्न नेपाली कांग्रेसका तर्फबाट नेताहरुको होडबाजी नै चल्यो । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत समानुपातिकमा बसेपछि कांग्रेसका धेरै नेताको रोजाईमा क्षे नं. ५ प¥यो । धेरै आकांक्षीलाई पाखा लगाउँदै अन्ततः युवा नेता प्रदिप पौडेलले उम्मेदवारी पाए ।

तनहुँमा आकांक्षा देखाएका पौडेललाई नेतृत्वले काठमाडौं क्षेत्र नं. ५ मा पठाएपछि छुट्टै किसिमको तरंग पैदा भयो । नेकपा एमालेमा दोस्रो वरियतामा रहेका नेता इश्वर पोखरेलसंग प्रतिस्पर्धा गर्ने प्रभावशाली उम्मेदवारको खोजीमा रहेको कांग्रेसका लागि प्रदिप आशाको केन्द्र बन्न पुगे ।
आम मतदाताले युवा पुस्ताको नेतृत्व चाहेको बेला प्रदिपको इन्ट्री क्षेत्र नं. ५ मा भएपछि कांग्रेस समर्थकमा मात्र नभएर आम मतदातामा सकारात्मक सन्देश प्रवाह भएको छ । विशेष गरेर युवा मतदाता जो परिणामका दृष्टिले निर्णायक मानिन्छन् उनीहरुको रोजाईमा सहजै प्रदिप देखिए । यसले गर्दा ०७४ सालमा कांग्रेसले गुमाएको विरासत फिर्ता आउने बलियो आधार निर्माण भएको छ ।
नेपाल विद्यार्थी संघको राजनीतिबाट खारिएका प्रदिप कांग्रेसको पछिल्लो महाधिवेशनमा महामन्त्रीका प्रत्यासी थिए । कांग्रेस भित्र सम्भावना बोकेका सिमित युवा मध्ये अग्रभागमा दरिएका प्रदिपलाई काठमाडौं क्षेत्र नं. ५ मा दुई स्थानिय नेताले साथ दिएका छन् ।
प्रदेश (क) मा नेपाल विद्यार्थी संघकै राजनीतिबाट उठेका युवा नेता भैरव सापकोटा उम्मेदवारको रुपमा छन् । संगठनमा लामो अनुभव संगालेका सापकोटा स्थानिय स्तरमा स्थापित र लोकप्रिय छन् । पार्टीको क्षेत्रिय कार्यसमितिमा नेतृत्वदायी भुमिका हासिल गरेका सापकोटा राम्रो सम्भावना बोकेका उम्मेदवार हुन ।
प्रदेश (ख)मा जुजारु नेता श्यामबहादुर खड्का उम्मेदवार छन् । पार्टीमा लामो अनुभव संगालेका खड्का कांग्रेसको महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र अहिले क्षेत्रिय सभापतिको भुमिकामा छन् । काठमाडौंको राजनीतिमा प्रभावशाली हैसियत विस्तार गरेका खड्का पनि राम्रो सम्भावना बोकेको नेता हुन ।
युवा नेता प्रदिपका लागि सापकोटा र खड्का सारथीका रुपमा देखिएका छन् । स्थानिय मनोविज्ञानलाई राम्रोसंग बुझेका सापकोटा र खड्काको साथले प्रदिपको उम्मेदवारी र चुनावी अभियान बलियो ढंगबाट अघि बढेको छ । प्रदिपको साथले सापकोटा र खड्कालाई पनि भरपुर राजनीति लाभ प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij