२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मंसिर ४ निर्वाचन

देशभर मनोनयन दर्ता

देशभर मनोनयन दर्ता

780
Shares

काठमाडाै‌‌– आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मनोनयन दर्ता सुरु भएको छ । काठमाडौंसहित देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयन दर्ता गराउन थालेका हुन् ।
निर्वाचन आयोगका अनुसार मनोनयन दर्ताको कार्य बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहनेछ । आयोगका अनुसार निर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा मतदाता नामावली ऐन, २०७३, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेशसभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ र निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मनोनयन पत्रसाथ कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मनोनयन दर्ताका लागि जाँदा २५ जना भन्दा बढी सहभागी हुन पाइँदैन भने बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आयोगले जनाएको छ । आयोगले प्रतिनिधिसभातर्फका १६५ र प्रदेशतर्फका ३३० निर्वाचन क्षेत्रमा निर्वाचनका लागि एकसाथ मनोनयन दर्ता गरिरहेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij