काठमाडौं – नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता भएको छ । नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थकेयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने गरी सम्झौता भएको हो । बैंकका ग्राहकहरुले ओपीडी र आईपीडी सेवा लिँदा यो सुविधा पाउने भएका हुन् ।
नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरको तर्फबाट अनस अब्दुल वाजिद, वरिष्ठ निर्देशक–मुख्य बिक्री र मार्केटिंग अधिकृतले संयुक्त रुपमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै बैंकका ग्राहकहरु तथा कर्मचारीहरुले पनि अस्पतालका विभिन्न सेवा तथा सुविधाहरुमा छुट पाउने भएका छन् । कार्यक्रममा नबिल बैंकका सीईओ ढुंगानाले यो सम्झौताले नबिल बैंकका ग्राहकहरू लाभान्वित हुने र छुटलाई वृद्धि गर्न प्रयास गर्ने जानकारी दिए ।
कार्यक्रममा बोल्दै वाजिदले म्याक्स हेल्थ केयरको भारतमा रहेको १७ वटा सेवाप्रदायक शाखाहरुबाट मृगौला, लिभर, बोनम्यारोको प्रत्यारोपन, मुटुको शल्यक्रिया जस्ता जटिल रोगहरुमा सफलतापूर्वक काम गरेको बताउँदै नेपाली जनताहरुले पाउने सेवामा ढुक्क हुन आग्रह गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij