काठमाडाै– निर्वाचन आयोगले उम्मेदवारहरूलाई चुनावी खर्च छुट्टै खाताबाट गर्न निर्देशन दिएको छ। मंगलबार आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूका निम्ति ६० बुँदे निर्देशन जारी गर्दै चुनावी खर्च बैंक खातामार्फत गर्न भनेको हो।
उम्मेदवारको तर्फबाट खर्च गर्ने व्यक्ति पनि तोक्न आयोगले निर्देशन दिएको छ। ‘उम्मेदवारले खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्ने, पच्चीस हजार रूपैयाँभन्दा बढी सहयोग बैंक वा वित्तीय संस्थाबाट प्राप्त गर्ने’ आयोगले निर्देशनमा भनेको छ।
आयोगले मनोनयनपत्र पेस गर्दा आफूले खर्च गर्ने अनुमानित विवरण पनि बुझाउन उम्मेदवार र दलहरूलाई निर्देशन दिएको छ।






© 2026 All right reserved to arthanepal.com | Site By : Sobij