२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वडा दशैं साँस्कृतिक साँझ २०७९ भब्य रुपमा सम्पन्न

वडा दशैं साँस्कृतिक साँझ २०७९ भब्य रुपमा सम्पन्न

1.7K
Shares

काठमाडौं – नेकपा (एमाले) रामेछाप – काठमाडौं सम्पर्क मञ्चको आयोजनामा असोज १० गते घटस्थापनाको दिन “वडा दशैं साँस्कृतिक साँझ २०७९”  भब्य रुपमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको उक्त सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहेको थियो । चर्चित हास्यकलाकार  केदार घिमिरे‘ माग्नेबुढा’, सितादेवी तिमिल्सीना, जनवादी गायक जीवन शर्मा, गायक बैकुण्ठ महत, राजा राजेन्द्र, अमृत खाती, गायक गुणराज श्रेष्ठ, राजु परियार, विन्दु परियार, यस कुमार, राजेन्द्र पुरी, प्रतिमा अर्याल, मनोज र्गोखाली लगायत कलाकारहरुको प्रस्तुति रहेको मञ्चकी उपाध्यक्ष लक्ष्मी न्यौपानेले जानकारी दिइन ।

युग सन्देश तिनलालको किल्ला बाट यस अघि विभिन्न पुस्तकहरू प्रकाशन गर्दै आहिरहेको भएतापनि यो वर्ष भने दशैको अवसर पारी कला सांस्कृतिको संरक्षण गर्दै बडा दशै साँस्कृतिक साझ– २०७९ को आयोजना गरिएको मञ्चले जनाएको छ ।

मञ्च की उपाध्यक्ष लक्ष्मी न्यौपानेले कार्यक्रममा बोल्दै भनिन् – यो राष्ट्र र राष्ट्रियताको निमित्त, राजनीतिक व्यवस्था परिर्वतनको निमित्त आफुलाई बलि दिने महान शहिदहरुलाई स्मरण गर्दै उहाँहरुको शिर कहिल्यै झुक्न नदिने प्रण रामेछाप मञ्च गर्दछ । हामी सधैव राष्ट्र र राष्ट्रियताको पक्षमा खुशी नेपाली सम्बृद्ध नेपालको पक्षमा न्याय र स्वतन्त्रताको पक्षमा सामाजिक,कुरिति,कुसंस्कार र लैगिंक विभेदको विरुद्धमा चट्टानी अडानका साथ हामी उत्रिने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।

नेकपा एमालेका नेता युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापति मञ्चका अध्यक्ष राकेश श्रेष्ठले गरेका थिए । आयोजक मञ्चका उपाध्यक्ष दिवस कार्की, सचिव रविन्द्र भण्डारी, कोषाध्यक्ष दिलिप श्रेष्ठ, सह-सचिव अम्बिका बोहरा लगायतको पनि उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij