२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप मार्फत क्युआर भुक्तानी सेवा सुरु

एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप मार्फत क्युआर भुक्तानी सेवा सुरु

875
Shares

काठमाडौं – एनआइसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाईल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । हाल बैंकका १४ लाखभन्दा बढी मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ता रहेका छन् ।

मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ताले मोबाईल बैंकिङ्ग एपमा रहेको क्युआर भुक्तानी गर्ने विकल्प छनौट गरी स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । साथै, एनआइसी एशिया बैंकमा खाता नभएका ग्राहकहरुले पनि प्लेस्टोर वा एप स्टोरमा गएर एनआइसी एसिया मोबैंक एप डाउनलोड गरी लाईट (वालेट) अकाउन्ट रजिस्टर गरेर पनि सजिलै भुक्तानी गर्न सक्ने छन् ।

यो सुविधा सुरु भएसँगै एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ्ग सेवामा नया आयाम थपिएको बैंकले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij