२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

क्लासिक टेकको ‘बडा फेस्टिबल अफर’

क्लासिक टेकको ‘बडा फेस्टिबल अफर’

670
Shares

काठमाडौं– नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैं पर्वको अवसरमा ‘बडा फेस्टिबल अफर’ सार्वजनिक गरेको छ। उक्त अफर अन्तर्गत १०० एमबिपिएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा प्रदान गरिएको कम्पनीले बताएको छ।

यस्तै आइपिटिभीको शुल्क पनि मासिक १५० रुपैयाँ मात्रै रहेको कम्पनीले जनाएको छ। साथै, भिडियोकोनको ३२ र ४३ इन्चको स्मार्ट टिभी पनि पाइने बताइएको छ ।

कम्पनीका अनुसार ३२ इन्चको एलइडी टिभीको मूल्य मात्र १३ हजार २७३ रुपैयाँ रहेको छ। त्यस्तै ४२ इन्चको स्मार्ट टिभीको मूल्य २५ हजार ६६३ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

ग्राहकले बजारको मूल्य भन्दा ५० प्रतिशत कम मूल्यमा उक्त बन्डल अफर पाउने कम्पनीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij