काठमाडौं – बाल दिवसको अवसरमा नबिल बैंकले बालबालिकालाई लक्षित गरि ’नबिल जेन अल्फा’ एप सार्वजनिक गरेको छ । १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको ’नबिल जेन अल्फा’ ल्याइएको हो ।
नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकवर्गले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्धती खातामा तथा बालबालिकाहरुलाई नबिल जेन अल्फा मोबाइल एपको माध्यमबाट काम र लक्ष्य प्राप्ति पछि पुरस्कृत गर्न सकिने जस्ता सुविधाहरु प्रदान गरिएको छ ।
नेपाली रुपैयाँमा खोलिने नबिल जेन अल्फा बचत खातामा १५ वर्षसम्मका बालबालिकाहरु समाहित हुन सक्नेछन् । यो एप मार्फत् अभिभावकहरूले आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् । बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ ।
नबिल जेन अल्फा बचत खाताबाट बालबालिकाहरुलाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यस तर्फ उत्प्रेरित गराउनका लागि विशेष भुमिका निभाउनेछ भन्नेमा नविल बैंकले पूर्ण विश्वास लिएको छ ।
नबिल जेन अल्फा मोबाइल एप प्ले स्टोर तथा एप्पल स्टोरबाट डाउनलोड गर्न सकिन्छ । यो सम्बन्धि विस्तृत जानकारी तथा नबिल जेन अल्फा एपको प्रयोग गरि सम्बन्धि थप जानकारीका लागि नबिल बैकको वेबसाईट अर्थात् नबिल बैकको जुन सुकै शाखाबाट सजिलै प्राप्त गर्न सकिन्छ ।
नबिल जेन अल्फाका ब्राण्ड एम्बासेडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुङ्गानाका साथ अरु विशिष्ठ अतिथीहरुको उपस्थितिमा नबिल जेन अल्फाको लन्च गरिएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij