काठमाडौं – पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच आन्दोलन स्थगित गर्ने सहमति भएको छ । तत्काल ढुवानी सेवा सुचारु गर्ने गरी बुधबार तीन पक्षबीचमा तीन बुँदे सहमति भएको हो ।
उक्त सहमतिअनुसार व्यवसायीले आजैदेखि आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सुचारु गर्ने निर्णय भएको छ । उक्त सहमतिपत्रमा आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij