२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

975
Shares

काठमाडौं–माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौतामा हस्ताक्षर भएसँगै बैंकले कृषि व्यावसायको लागि प्रवाह गरेको तीन करोड रुपैयाँसम्मको कर्जा कोषले सुसक्षण गर्ने बताइएको छ।
तीन करोड रुपैयाँसम्मको त्यस्तो कर्जामध्ये एक करोडभन्दा माथिको कर्जाको हकमा बैंकले कोषको पूर्व स्वीकृति लिनुपर्ने हुन्छ।
यस प्रकार सुरक्षण गर्ने कर्जाको सुरक्षण शुल्क ०.६ प्रतिशतमध्ये ५० प्रतिशत नेपाल सरकारले अनुदान मार्फत व्यहोर्ने र बाँकी ५० प्रतिशत मात्र दुई किस्तामा बैंकले कोषमा बुझाउँनेछ।

कोषमा सुरक्षित कृषि कर्जा ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट कृषि परियोजना नष्ट भएमा वा अन्य विभिन्न काराणबाट कर्जा असुली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ८० प्रतिशतसम्म भुक्तानी गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij