२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भतरपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

भतरपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

755
Shares

चितवन – चिनवनको भरतपुरमा सञ्चालित एक दिने शिविरबाट नौसय ३५ जना लाभान्वित भएका छन् ।
गीतानगर लायन्स क्लब, भरतपुर महानगरपालिका वडा नंं १३ स्थिति चितवन हर्नविल लायन्स क्लब र गीतानगर लियो क्लबको संयुक्त आयोजनामा गत भदौ १८ गते शनिवार सञ्चालित उक्त शिविरमा निशुल्क स्वास्थ्य जाँच गरी औषधी वितरण गरिएको थियो ।
काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोग तथा लाइफलाइन हेल्थ होम, पुल्चोक ललितपुरको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं. १३ को उज्ज्वलचोकमा सम्पन्न शिविरमा रोगबाट पीडित गरिब तथा पिछडिएका समुदायका अधिकांश रोगीहरूले सेवा लिएका थिए ।
आर्थिक अभावले उपचार गराउन नपाएका वा अस्पतालसम्म सेवा लिन जान नसक्नेहरूले सो शिविरबाट सेवा लिएका थिए । गीतानगर लायन्स क्लबका अध्यक्ष देभेन लोहनीकाअनुसार शिविरमा जनरल मेडिकल, स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नसा, छााला रोग, नाक, कान घाँटी, आँखा, दन्त र पाठेघर रोगसम्बन्धी सेवा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij