२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

होण्डाले ल्यायो ‘होण्डाको दशैंको शुभ लाभ’ योजना

होण्डाले ल्यायो ‘होण्डाको दशैंको शुभ लाभ’ योजना

1.3K
Shares

काठमाडौं – होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डाको दशैंको शुभ लाभ” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले पाउन सक्नेछन् ।

स्क्र्याच कुपन मार्फत ७ लाख रुपैयाँ सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु, साथै, ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले पाउन सक्नेछन् । ७ लाख, बम्परमा लक्की ड्र मार्फत जित्न सक्नेछन् । १५ लाख नगद उपहार र साथ साथै इजी फाइन्यान्सको पनि सुविधा रहेको छ ।

यो योजना भाद्र २० गते देखि सुरु भई सीमित अवधि सम्म मात्रै लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास लिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij