२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकले पनि अब सी–आस्बा शुल्क नलिने

सिद्धार्थ बैंकले पनि अब सी–आस्बा शुल्क नलिने

1K
Shares

काठमाडौं– सिद्धार्थ बैंकबाट आइपिओ भर्ने ग्राहकहरूले धितोपत्र आवेदनमा तिर्नुपर्ने सी–आस्वा शुल्कमा पुरै छुट पाउने भएका छन्। बैंकका अनुसार अबदेखि लगानीकर्ताले यस बैंकको आस्बा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन।

यस अघि बैंकले आस्बावापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो । नेपाल धितोपत्र बोर्डले सी–आस्बा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहरूले यसलाई निःशुल्क गर्न थालेका हुन् ।

यो सँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या सात पुगेको छ। यसअघि राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक, नबिल बैंक, कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकहरूले यो शुल्क नलिने घोषणा गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij