२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंकले ल्यायो १ र २ वर्षे मुद्धती योजना

मुक्तिनाथ विकास बैंकले ल्यायो १ र २ वर्षे मुद्धती योजना

1000
Shares

काठमाडाैं – मुक्तिनाथ विकास बैंकले ग्राहकको लागि ‘मुक्तिनाथ उत्कृष्ट मुद्धती’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले यस याेजनामा १२ प्रतिशत ब्याजदरसहित २२.५० लाखसम्मको बीमा सुविधा रहेकाे जनाएकाे छ ।

यो योजना अन्तर्गत व्यक्तिगत मुद्धती खातामा न्यूनतम ५ लाख मौज्दात राखेर मुद्धती खाता खोल्ने खातावालहरुले आफनो लागि १० लाखसम्मको दुर्घटना बीमा, २ लाखको घातक रोग बीमा र ५० हजारको आवधिक जीवन बीमा, साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० लाखसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले १ वर्ष देखि २ वर्ष सम्मको मुद्धती खाता खोल्न सक्नेछन् र साेही अवधिको लागि बीमा सुविधा प्राप्त गर्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij