२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल उधोग ब्यापार महासंघ काठमाडौंको अध्यक्षमा शेखर श्रेष्ठ निर्वाचित

नेपाल उधोग ब्यापार महासंघ काठमाडौंको अध्यक्षमा शेखर श्रेष्ठ निर्वाचित

2K
Shares

काठमाडौं– नेपाल उधोग ब्यापार महासंघ काठमाडौंको अध्यक्षमा शेखर श्रेष्ठ निविरोध निर्वाचित भएका छन् ।
काठमाडौं जिल्ला प्रथम राष्ट्रिय सम्मेलनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएका हुन । श्रेष्ठ विभिन्न व्यवसायसगैं समाजसेवामा सक्रिय छन् । हाल साहारा एपका अध्यक्षका साथै नौलखा साकोसको अध्यक्ष समेत रहेका छन् ।

महासंघको बरिष्ठ उपाध्यक्षमा युवराज बराल, उपाध्यक्ष (उधोग) राजु गिरी, उपाध्यक्ष (बाणिज्य) गोपाल प्रसाद सापकोटा चयन भएका छन् ।
त्यसैगरी महासचिबमा गोबिन्द मर्हजन, कोषाध्यक्षमा रिपेन्द्र सिवाकोटी, सह–कोषाध्यक्ष युबराज ढकाल, सचिबमा शिब प्रसाद लामिछाने र तुलसीराम नेपाल चयन भएका छन् ।


नेकपा (माओवादी केन्द्र) का सचिब एंव पुर्व मन्त्री दिननाथ शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा ,काठमाडौं जिल्लाका अध्यक्ष उमेश स्थापित, काठमाण्डौ महानगरका रबिन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो । महासंघका उपाध्यक्ष श्याम श्रेष्ठ, सचिब गिता पनेरु, महासंघका बागमति प्रदेशका अध्यक्ष ध्रुव थापा ,महासचिब नबराज न्यौपाने लगायताका व्यक्तिहरुको आतिथ्यतामा सम्पन्न सम्मेलनमा काठमाडौंका माओवादी केन्द्र निकट व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij