काठमाडौं – ‘चलचित्र ‘बुलाकी’ फागुन १९ गते दर्शकमाझ आउने भएको छ । केही महिना अघिनै कार्तिक १८ गते प्रदर्शन गर्ने घोषणा गरिएको भए तापनि मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई दृष्टिगत गरि मिति परिवर्तन गरिएको जानकारी निर्माता टोपेन्द्र विष्टले दिएका छन् ।
‘देश चुनावमा होमिएको र सचेत नागरिकको हौसिएतले निर्वाचनमा सहभागी हुनपर्ने भएकाले प्रदर्शन मिति हेरफेर गरेका हौ,’ निर्माता टोपेन्द्रले भने,‘चुनावको माहौलमा आम मानिसमा ‘इन्टरटेन्मेन्ट मुड’ नहुने पाइएकाले फिल्म सारेका हौ ।’
लक्ष्मण सुनार निर्देशीत चलचित्रको मंगलबार नै नयाँ पोस्टर सार्वजनीक गरिएको छ । ‘फस्र्टलुक’ बाटै चर्चा बटुल्न सफल चलचित्रमा नरेन खड्का,सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिकामा छन् । स्व.मोति बिष्टको प्रस्तुति रहेको चलचित्र छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको हो । कर्णाली भेगको जनजीवन र प्रथामा आधारित चलचित्रलाई शिब ढकालले खिचेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन् । गोपाल कायस्थ र एफडिले बितरण गर्ने चलचित्रको स्क्रिप्ट निर्देशक स्वयम्,अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij