२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

माछापुच्छ्रे बैंकले ल्यायो फोनबाटै लोन लिने सुविधा

माछापुच्छ्रे बैंकले ल्यायो फोनबाटै लोन लिने सुविधा

1.1K
Shares

काठमाडौं – माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ्ग एपमा स्मार्ट लोन अगेनस्ट फिक्सड डिपोजिट सुविधाको सुरुवात गरेको छ । यससँगै ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बेला लोन अगेनस्ट फिक्सड डिपोजिट सुविधा प्रयोग गरी मोबाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन् ।

कर्जा लिनको लागि बैंकसम्म पुगि विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको जनाएको छ । यस योजना मार्फत ग्राहकले मुद्दती निक्षेपबाट न्युनतमा ब्याजमा ८० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् । बैंकले कर्जा प्रकृयाको लागि गर्न कुनै पनि शुल्क निलिने जनाएको छ ।

बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनु नै नपर्ने गरी अनलाईन तथा मोबाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij