२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

लायन्स क्लब अफ काठमाडौं कर्मालय र भक्तपुर स्वीट होमद्धारा दृष्टिविहिन विद्यार्थीलाई छात्रवृत्ति सहयोग

लायन्स क्लब अफ काठमाडौं कर्मालय र भक्तपुर स्वीट होमद्धारा दृष्टिविहिन विद्यार्थीलाई छात्रवृत्ति सहयोग

1.6K
Shares

काठमाडौं – लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एच अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं कर्मालय र लायन्स क्लब अफ भक्तपुर स्वीट होमले दुई जना दृष्टिविहिन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

भर्खरै एसईई उतिर्ण गरेका ती विद्यार्थीहलाई ११ र १२ कक्षा पढ्नका लागि सम्पूर्ण खर्च सहितको छात्रवृत्ति प्रदान गरिएको हो । उनीहरु बस्ने कोठामा सामान किन्नका लागि डिष्ट्रिक्ट ३२५ एच का जोन चेयरपर्सन लायन परशुराम दुलाल, लायन्स क्लब अफ भक्तपुर स्वीट होमका प्रेसिडेन्ट लायन कपिल बस्नेत र लायन्स क्लब अफ काठमाडौं कर्मालयका प्रेसिडेन्ट लायन भगवान कार्कीले विद्यार्थीहरुलाई २० हजार नगद हस्तान्तरण गरे । त्यसैगरी १० हजार बराबरको खाद्यान्न सहयोग पनि प्रदान गरिएको छ ।

विगत ११ वर्षदेखि कर्मालय फाउण्डेसनले विशेष अपांगता भएका विद्यार्थीहरुलाई गोर्खाको स्वाँरागाउँमा बस्ने, खाने र पढ्ने सुविधासहितको होस्टेल समेत निर्माण गरिदिएको छ । हाल त्यहाँ १५ जना दृष्टिबिहिन बस्दै आएका छन् । १५ जनामध्ये केहि पूर्ण र केहि अर्ध दृष्टिविहिन छन् ।

लायन्स क्लब र कर्मालय फाउण्डेसनमार्फत् यस्ता मानवीय सहयोगहरु आगामी दिनमा पनि अझ तिव्रताका साथ गर्ने लायन भगवान कार्कीले बताए । पर्यटन व्यवसायी कार्की लामो समयदेखि समाजसेवामा पनि सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij