२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पिपुल्स पावरको आइपिओ बिक्री खुला

पिपुल्स पावरको आइपिओ बिक्री खुला

2K
Shares

काठमाडौं– पिपुल्स पावरले सर्वसाधारणका लागि आज (मंगलबार) देखि आइपिओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ निष्कासन गरेको हो।

सर्वसाधारणमा वितरण गरिने कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ।

यी बाहेक बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता आइपिओमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यो आइपिओ छिटोमा भदौ ५ गतेसम्म बिक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन सकिन्छ। आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले मेरो सेयर वेबसाइट तथा एप र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij