२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महालक्ष्मी विकास बैंकको महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता, ७० महिनामै रकम डबल हुने

महालक्ष्मी विकास बैंकको महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता, ७० महिनामै रकम डबल हुने

1.3K
Shares

काठमाडौं – महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर सबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक गरेको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आईरहेको बैंकले मात्र रु.१०,००० मै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी गरिने कुरा बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्नेछन् । विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सञ्चालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आईरहेको छ

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij