२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रचण्ड जापान प्रस्थान

प्रचण्ड जापान प्रस्थान

2.1K
Shares

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिने भ्रमणका सिलसिलामा शुक्रबार राति जापान प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको विमानमा प्रमुख स्वकीय सचिव गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरणसहित उनी जापान प्रस्थान गरेका हुन् ।

प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री पम्फा भुसाल, शिक्षामन्त्री देवेन्द्र पौडेल, नेताहरु देव गुरुङ वर्षमान पुन, शक्ति बस्नेत, ओम शर्मालगायतले प्रचण्डलाई बिदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij