काठमाडौं– भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ। योसँगै अबदेखि ग्राहकले सहजै ई-सेवामार्फत होटल बुक गर्न सक्नेछन्।
ग्राहकहरूले ई-सेवा एपमार्फत नेपालका कुनै पनि क्षेत्रका होटल बुक गर्न सक्नेछन्। ई-सेवामा हाल होटलहरू सूचीकरण गर्ने कार्य जारी छ। ई-सेवामा भएका होटलहरूको सूची ई-सेवा होटल डटकममा गएर हेर्न सकिनेछ।
ई-सेवा मार्फत शुक्रबार साँझ ६ बजेसम्म होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ। हाल यो सेवा एनड्रोइड मोबाइलमा मात्र उपलब्ध भएपनि केही दिनमा आइओएसमा सेमत उपलब्ध हुनेछ कम्पनीले बताएको छ।
ई-सेवाले हाल एनड्रोइड मोबाइलमा ५२ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एपमार्फत सेवा प्रदान गरिरहेको छ। ई-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ।
ई-सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। ई-सेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij