२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सेयर बजारमा सामान्य वृद्धि

सेयर बजारमा सामान्य वृद्धि

2.2K
Shares

काठमाडौं -साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से १.१५ अंक (०.०५) प्रतिशतले वृद्धि भएर २१९६.२५ अंकमा बन्द भएको छ ।

दिनभर तीब्र उतारचढाव देखिएको बजारमा अधिकांश उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङसहित, हाइड्रोपावर, लगानी उत्पादनमुलक र व्यापार उपसूचक भने बढेको छ ।

व्यापार उपसूचकमा सर्वाधिक ३.५४ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक पनि ०.४ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले गिरावट भएको छ । त्यस्तै विकास बैंक उपसूचक १.४५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij