२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा उच्च अंकको वृद्धि, ४ अर्ब ६० करोडको कारोबार

नेप्सेमा उच्च अंकको वृद्धि, ४ अर्ब ६० करोडको कारोबार

1.4K
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकले बढेको छ । आइतबार ५४ अंकले बढेको नेप्सेमा ४ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५४.५८ अंकले बढ्दै २१ सय ९५.१० अंकमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ९.७२ अंकले बढ्दै ४१९.२० अंकमा उक्लिएको नेप्सेले जनाएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १२६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दश कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने पाँच कम्पनीको शेयरमूलय ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
१३ वटा उपसूचक मध्ये आज फाइन्स बाहेक सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक आज ४.५१ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक १.६ प्रतिशतले घटेको छ ।
यस्तै इनभेष्टमेन्ट समूहको उसूचक ४.७६ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक ४.१६ अंकले, ट्रेडिङ समूहको उपसूचक ३.६२ प्रतिशतले, अन्य समूहको उपसूचक ३.२६ प्रतिशतले, बैंकिङ समूह २.९२ प्रतिशतले, होटल तथा पर्यटन समूह २.७ प्रतिशलते बढेका छन् ।

उच्च अंकले बढेको बजारमा आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन भन्दा बढी कम्पनीको मूल्यमा ६ प्रतिशत माथिले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij