काठमाडौं – अर्थमन्त्रीमा पुन : जनार्दन शर्मालाई नियुक्त गर्ने तयारी भएको छ । शर्माको सपथ आजै गर्ने तयारी छ । आर्थिक वर्ष २०७९/०८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए।
तर यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij