२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंकिङ कसूर मुद्दामा ३२ वर्षीय लक्ष्मण कार्की पक्राउ

बैंकिङ कसूर मुद्दामा ३२ वर्षीय लक्ष्मण कार्की पक्राउ

1.1K
Shares

सुनसरी – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी मोरङ रतुवामाई नगरपालिका ६ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका(९ बस्ने ३२ वर्षीय लक्ष्मण कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत विराटनगरको २०७७ पुस २७ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद र ९ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका १२ छाताचोकस्थित लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij