२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकको ‘डबल धमाका मुद्दती खाता’ योजना

नेपाल बैंकको ‘डबल धमाका मुद्दती खाता’ योजना

1.3K
Shares

काठमाडौं– नेपाल बैंकले ‘नेपाल बैंक डबल धमाका मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ। उक्त योजनाअन्तर्गत मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुने छ। संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ।

त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम उक्त मुद्दती खातामा लगानी गर्दा ५ वर्ष १ महिना ४ दिनमा डबल हुनेछ।

मुद्दती खाता खोल्ने ग्राहकहरूले ५ लाख रूपैयाँसम्मको क्रेडिट कार्ड सुविधा लगायत अन्य आकर्षक सुविधाहरू पनि प्राप्त गर्ने सकिने तथा नेपालभरका सम्पूर्ण शाखाहरू मार्फत उक्त मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij