२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माओवादी केन्द्रको प्रदेशस्तरीय प्रशिक्षणको तालिका परिर्वतन

माओवादी केन्द्रको प्रदेशस्तरीय प्रशिक्षणको तालिका परिर्वतन

2.2K
Shares

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले चुनाव लक्षित प्रदेश स्तरीय प्रशिक्षणको समय तालिकामा केही हेरफेर गरेको छ ।
शुक्रबार बिहान बसेको स्थायी समिति बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणका जाने भएकाले तालिकामा केही परिवर्तन गर्ने निर्णय गरेको हो ।
यसअघि २५ असारमा बसेको स्थायी समिति बैठकले साउन १६ देखि प्रदेशस्तरीय प्रशिक्षण थाल्ने निर्णय गरेको थियो। एक नेताका अनुसार १६ र १८ गतेको प्रशिक्षण यथावत राखि २५ गतेसम्मको परिमार्जन गरिएको हो । प्रचण्डले साउन २१ देखि २५ सम्म जापान भ्रमण गर्ने छन्।
१६ गते बामगती प्रदेश र १८ गते प्रदेश १ को प्रशिक्षण हुने छ । तालिका परिवर्तन गरिएकोमा लुम्बिनी प्रदेशको २९ गते, मधेश प्रदेशको २ गते, सुदूरपश्चिमको र विशेष प्रदेशको ४ गते, प्रसाव प्रदेशको ६ गते र सम्पर्क समन्वय प्रदेशको ८ गते हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij