२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी बैंकको सीईओमा पुनः शाह नियुक्त

लक्ष्मी बैंकको सीईओमा पुनः शाह नियुक्त

1.8K
Shares

काठमाडौं – लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजयबिक्रम शाहलाई पुनः नियुक्त गरेको छ । चार वर्षे कार्यकाल सकेका शाहकलाई बैंक सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी यसअघि २०७६ कात्तिकमा बैंकको सीईओमा नियुक्त भएका थिए । बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका सुदेश खालिङको कार्यकाल सकिएपछि शाहलाई बैंकले सिईओमा नियुक्त गरेको थियो । अहिले पुनः शाह नै सीईओ बनेका हुन् । अब उनले ४ वर्षका लागि काम गर्नेछन् ।
तीन दशक लामो बैंकिङ अनुभव भएका शाहकले करियरको सुरुवात स्यान्डर्ड चार्टर्ड बैंकबाट गरेका हुन् । उनले सो बैंकमा १० वर्ष काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij