२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्दाकिनी हाइड्रोपावर आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मन्दाकिनी हाइड्रोपावर आईपीओमा आवेदन दिने आज अन्तिम दिन

1.5K
Shares

काठमाडौं – मन्दाकिनी हाइड्रोपावर कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिने साउन १२ गते आज अन्तिम दिन रहेको छ । कम्नपीले साउन ९ देखि सर्वसाधारणका लागि जारी गरेको आइपीओको आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ जारी गरेको थियो ।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको छ । यी बाहेक बाँकी १० लाख ९३ हजार ७४९ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।
यस कम्पनीको अधिकृत पूँजी ६५ करोड रूपैयाँ छ भने जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार रूपैयाँ रहेको छ । कम्पनीको जारी पूँजीमध्ये संस्थापकहरूले तत्काल चुक्ता गरेको पूँजी ४१ करोड १६ लाख २५ हजार ९ सय रूपैयाँ रहेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ८८ हजार ३७ कित्ता शेयर बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपश्चात् चुक्तापूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रूपैयाँ कायम हुनेछ ।

कम्पनीको संस्थापकतर्फ ७० प्रतिशत , आयोजना प्रभावित स्थानीयतर्फ १० प्रतिशत र कर्मचारी समेत सर्वसाधारणतर्फ २० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । आईपीओ विक्रीबाट प्राप्त हुने रकम कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानी गर्ने काममा प्रयोग गर्ने बताएको छ ।
कम्पनीको आईपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस ९आईएस० रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij