काठमाडौं – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको धितोपत्रको प्राथमीक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले २९ असारदेखि १ साउनसम्म सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता आईपीओ विक्री खुला गरेको थियो । सार्वजनिक निष्कासन गरेको कुल सेयरमध्ये १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याइएको थियो ।
त्यस्तै ७० हजार ९ सय ८८ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याइएको थियो । बाँकी रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताको लागि सर्बसाधारणबाट आवेदन माग गरेको थियो ।
उक्त सार्वजनिक निष्कासनमा १४ लाख ९१ हजार ७ सय २२ जनाबाट १ करोड ६२ लाख ७६ हजार ६ सय १० कित्ताको आवेदन परेको थियो । जसमध्ये १४ सय २४ जनाको आवेदन रद्द हुँदा १४ लाख ९० हजार २ सय ९८ जना आवेदको आवेदन सदर भएको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
योग्य आवेदकमध्ये धितोपत्र निष्कासन तथा बाँडफाँट कार्यविधि अनुसार गोलाप्रथाबाट २ लाख १७ हजार ६ सय ९४ जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij