काठमाडौं – महालक्ष्मी लाइफ इन्स्यारेन्स र प्रभु लाइफ इन्स्यारेन्सबीच मर्जर गर्ने सहमति भएको छ । यी दुई कम्पनीहरु १ बराबर १ स्वाप रेसियोमा मर्जरमा जान सहमत भएका हुन् ।
विज्ञप्ति अनुसार मर्जर पछि प्रभुु महालक्ष्मी लाइफ इन्स्यारेन्सको नामबाट एकिकृत कारोबार सुरु हुनेछ । मर्जर पछि बन्ने कम्पनीको अध्यक्षमा भने सुवास अमात्य हुनेछन् । अमात्य अहिले प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष छन् । अध्यक्ष प्रभुले लिने र प्रमुख कार्यकारी अधिकृत महालक्ष्मी लाइफलाई दिने गरी सहमित भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij