काठमाडौं– मंगलबार सुन-चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुन प्रतितोला ९४ हजार सात सय रुपैयाँ र चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij