काठमाडौं – युनाइटेड सिमेन्ट्सले धादिङको लेलेस्थित सरकारी तथा निजी विद्यालयमा अध्यनरत ७३ विद्यार्थीलाई ‘स्कुल ड्रेस’ वितरण गरेको छ ।
एक कार्यक्रमबीच युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरिकुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत युनाइटेड सिमेन्ट्सले विगतमा पनि स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij