काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी हाइब्रिड बचत खाता सञ्चालनमा ल्याएको छ। यस खातामा ग्राहकहरुले उच्चतम ब्याज पाउने बैंकले बताएको छ।
उक्त खातामा न्यूनतम एक लाख रुपैयाँ राख्नु पर्नेछ। यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ। बैंकले ग्राहकहरुलाई भिसा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो सेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ।
बैंकले १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ एटिएममार्फत् वित्तिय सेवा प्रदान गर्दै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij