२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ९५ अंकले बढ्यो, २ अर्ब १९ करोडको कारोबार

नेप्से ९५ अंकले बढ्यो, २ अर्ब १९ करोडको कारोबार

1.1K
Shares

काठमाडौं – निरन्तर ओरोलो लागेको नेप्सेमा आज आइतबार भने उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ९४.९२ अंकले बढेर एक हजार ९ सय ५६ दशमलब ९८ विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । यसअघि एक अर्बमा खुम्चिएको कारोबार रकम आज भने दुई अर्ब भन्दा बढी भएको छ । आज नेप्सेमा २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १९५ कम्पनीको शेयरमूल्य बढेको छ । यसमध्ये २१ कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ भने ३१ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंकको भएको छ । यस कम्पनीको आज ८ करोड ६४ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij