२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

खप्तड लघुवित्तको शेयर रजिष्ट्रारमा मेगा क्यापिटल

खप्तड लघुवित्तको शेयर रजिष्ट्रारमा मेगा क्यापिटल

1.5K
Shares

काठमाडौं – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई एक लाख ३२ हजार कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रियामा रहेको छ । बुधवार मेगा क्यापिटल मार्केट्स त्रिपुरेश्वरमा एक कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड तथा मेगा क्यापिटल मार्केट्स लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौता पत्र हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सो कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक रणदेव कृष्ण श्रेष्ठ र मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।

उक्त निष्काशन बाँडफाँड पश्चात कम्पनीको शेयरधनीको अभिलेख राख्न, शेयरको धितोबन्धक/रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस शेयरहरुरुको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, शेयर नामसारी तथा दाखिला खारेज जस्ता शेयर रजिष्ट्रारको सेवा प्रदान गर्नका प्रयोजनार्थ मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई शेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij