२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्से परिसूचक ३७.२७ अंकले घट्यो

नेप्से परिसूचक ३७.२७ अंकले घट्यो

1.2K
Shares

काठमाडौं – साताका पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३७.२७ अंकले घटेको छ । आइतबार १.८९ प्रतिशतले घटेको सेयर बजार १९३४.११ बिन्दुमा आएर रोकिएको छ ।

आइतबार २२३ कम्पनीको २७ हजार ६ वटा कारोबारबाट ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब १३ करोड ४० लाख ९१ हजार २२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ६५६.३० रुपैयाँ कायम भएको छ । प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ४.०५ प्रतिशले बढ्यो ।

सबैभन्दा बढी गुमाउनेमा रिभर फल्स पावर लिमिटेड रहेको छ । रिभर फल्सको मूल्य ९.५६ प्रतिशतले घटेर २४९.९० पैसा कायम भएको छ । रिभर फल्सपछि बढी गुमाउनेमा बलेफी हाइड्रपावर र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij