२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट

1.5K
Shares

काठमाडौं – बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले आफ्नै कार्यालय नक्साल काठमाडौंमा आज दिउँसो आईपीओ बाँडफाँट गरेको हो ।

आज बाँडफाँट भएको आईपीओ एक लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले १०१० कित्ता सेयर हात पारेका छन् भने १६ लाख ५५ हजार ३ सय ९५ आवेदकको हात खाली भएको छ । आईपीओ गोलाप्रथाबाट बाडफाँट भएको थियो ।

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि १८ लाख ४५ हजार ६७ जना आवेदकहरूबाट २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयर खरीदको लागि आवेदन परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij