२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जिसस मकवानपुरमा माओवादी केन्द्रका ललित घलान निर्वाचित

जिसस मकवानपुरमा माओवादी केन्द्रका ललित घलान निर्वाचित

1.2K
Shares

काठमाडौं– जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा गठबन्धनका उम्मेदवार ललित घलान निर्वाचित भएका छन् । जिल्ला समन्वय समिति मकवानपुरको बिहीबार सम्पन्न निर्वाचनमा उनले १७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए ।
उनले नेकपा एमालेका उम्मेदवार बनेका बुद्धिराम डिम्डुङलाई पराजित गरेका हुन् । उनले ३ मत मात्र प्राप्त गरे । उपप्रमुखमा नेपाली काँग्रेसका सानुकाजी लुइँटेल निर्विरोध निर्वाचित भइसकेका छन् ।

जिससको सदस्यतर्फ गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् । महिला सदस्यमा तारा ढुङ्गाना, विष्णुमाया थपलिया र सुमित्रा थिङले १७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनीहरु नेपाली काँग्रेसबाट उम्मेदवार बनेका थिए ।

जिसस मकवानपुरको महिला तर्फको सदस्य पदमा एमालेबाट उम्मेदवार बनेका बिनाकुमारी थिङ लामाले ३ मत प्राप्त गरेकी छिन् । त्यस्तै खुल्ला सदस्य तर्फमा खड्गबहादुर पुलामी, सुवर्ण गोपाली र वीरेन्द्रकुमार लामा निर्वाचित भएका छन् । पुलामी र गोपालीले १७ मत प्राप्त गरेका छन् । उनीहरु माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए ।
नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका लामाले १६ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij