काठमाडौं- नेपाल अडिटर्स एसोसिएसन (अडान) को छैटौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय कार्यसमिति पनि चयन गरेको छ । अधिवेशनको उट्घाटन गर्दै उपराष्ट्रपति पुनले मुलुकको विकास र समृद्धिका लागि सबै निकायमा भ्रष्टाचार न्यूनीकरण, आर्थिक पारदर्शिता, सुशासन र जवाफदेहिता अनिवार्य भएको बताए ।
उक्त कार्यमा लेखा व्यवसायीहरूको महत्त्वपूर्ण जिम्मेवारी भएको भन्दै उनले लेखा व्यवसायीहरूप्रति ठूलो अपेक्षा र विश्वास रहेकोले जनताको अपेक्षालाई सर्वोपरीमा राखेर काम गर्नुपर्ने बताए । जेठ २० र २१ गते आयोजित राष्ट्रिय महाधिवेशनमा अडानका देशभरका ५०० प्रतिनिधि र २०० पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।
अडानको बन्दसत्रले संस्थाको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी कार्ययोजना पनि पारित गरेको छ । साथै, छैटौँ महाधिवेशनले १९ बुँदे घोषणापत्र जारी गर्दै अगामी ३ वर्षका लागि केदारनाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij