२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

1.8K
Shares

काठमाडौं– शुक्रबार बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाला सुन तोलामा ९ सय रुपैयाँले बढ्दै ९८ हजार ५०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ९ सय रुपैयाँले नै बढ्दै ९८ हजार रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा आज तोलामा २५ रुपैयाँले बढ्दै एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij